म्याग्दीमा जीप दुर्घटनाः ८ जना घाइते, १ को मृत्यु

सहयात्रा टिभी

म्याग्दी । साउन १५, जिल्लाको धवलागिरी गाउँपालिका बादिकाकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

पश्चिम म्याग्दीको ताकम हुँदै बेनीतर्फ आउँदै गरेको जीप दरबाङ–धारापानी सडक अन्र्तगत बादिकाको भिरबाट खसेर दुर्घटना भई धवलागिरी गाउँपालिका ताकमका बिकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ ।
घाईते सबैजनाको दरबाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित : 30 July, 2021

प्रतिक्रिया दिनुहोस्