शनिबार जुडो टोली स्विट्जरल्यान्ड जादैँ

काठमाडौं । साउन १५, अन्तर्राष्ट्रिय जुडो महासंघ (आइजेएफ)को तालिम शिविरमा सहभागी हुन नेपालबाट दुई खेलाडी र एक प्रशिक्षक स्विट्जरल्यान्ड जाने भएका छन् ।
त्यस्तै आयुशसिंह साउद र सम्झना थापा तथा प्रशिक्षक राजीव प्रधान जाने भएका हुन् ।
अन्तराष्ट्रिय जुडो महासंघ (आइजेएफ), ओलम्पिक सोलिडारिटी र सेगई जुडो क्याम्पको संयुक्त आयोजनामा हन लागेको तालिम अगस्ट १ देखि ७ तारिखसम्म हुनेछ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य–सचिव एकेन्द्र कुँवरले शुक्रबार विदाई गरे ।