चीनले थप १६ लाख डोज खोप दिने

काठमाडौं । साउन १५, चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।
चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थल लगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरूको सम्बन्धमा गम्भीरता पूर्वक ध्यान दिने अर्थमन्त्री शर्माले बताउनुभयो ।