साताको अन्तिम दिन सुनको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साउन १५, नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । आज छापावाला सुन मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैंयाँ मा किनबेच भएको जनाइएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको छ ।

तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले बढेर ९२ हजार ४ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैंयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित : 30 July, 2021

प्रतिक्रिया दिनुहोस्