साँझमा भुलेर पनि नगर्नुहोस् यी काम, धनको नाश हुनेछ

सहयात्रा टिभी

काठमाडौं । साउन १५, धार्मिक मान्यता अनुसार हामीलाई कुनै विशेष समयमा मात्र विशेष काम गनुपर्ने हुन्छ ।

मनु संहितामा यस्तो भनिएको छ कि सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने उनले धन नोक्सानीको असर भोग्नु पर्नेछ । जुन यस प्रकार छन्:

भोजन गर्नुः मनु संहितामा लेखिएको छ, चत्वारि खलु कार्य्याणि सन्ध्याकाले विवर्जयेत् । आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम् ।।

अर्थात् सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ। यस श्लोकको अन्त्यमा अन्य तीन काम पनि बताइको छ ।

साँझपख सुत्नुः मनु संहिताका अनुसार सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रोगी र अल्पायू पनि हुनुहुनेछ ।

अध्ययन गर्नुः मनु संहिताको यो श्लोकमा साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ । साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता छ ।

प्रकाशित : 30 July, 2021

प्रतिक्रिया दिनुहोस्