टोकियो ओलम्पिकको आज नवौं दिन, २५ स्वर्ण पदकको भिडन्त

काठमाडौं । साउन १७, टोकियो ओलम्पिकको नवौं दिन आज ११ खेलमा २५ स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ ।
पौडीमा ५ वटा स्वर्ण पदकको भिडन्त भइरहेको छ भने एथ्लेटिक्स र जिम्न्याष्टिकका चार ÷ चार वटा स्वर्ण पदकको छिनोफानो हुँने बताईएको छ ।
टोकियो ओलम्पिकको नवौं दिन अहिलेसम्म पदक तालिकामा २१ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानको जापानको १७ स्वर्ण पदक तथा १६ स्वर्ण पदकका साथ अमेरिका तेस्रो स्थानमा रहेको छ ।