अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । साउन १७, अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ ।
पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारको क्रममा जुलाई २७ का दिन न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो ।
५ बर्ष अगाडी मात्र अमेरिका आएका लम्साल अमेरिकाको न्यूयोर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए ।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको गैर आवाशीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले बताए । –विजय थापा