बुवा पारसले हेलमेट नलगाएपछि छोरी कीर्तिकाले गरीन् यस्तो ट्वीट

काठमाडौं । साउन १७, बेलबेला विवादमा तानिरहने पूर्वयुवराज पारस शाहले शुक्रबार साँझ हेल्मेट नलगाएर मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोक्न खोज्दा प्रहरी र पारस बीच विवाद भएको छ ।
जिब्रो लरबरिएको आवजमा उनले प्रहरीलाई तँ भनेका थिए भने प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दै उल्टै जान्न जान्न भन्दै उल्टै प्रहरीमाथि दूर्व्यवहार गरेका थिए।
उक्त विषयमा पारसकी छोरी कीर्तिकाले शनिबार साँझ गरेको ट्वीट सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उनले लेखेकी छन्, ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमानजनक ब्यबहार गरेको छ।’
हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि अाफनाे ड्युटी पूरा गर्नु पर्नेमा अपमानजनक ब्यबहार गरेको छ।
— Kritika Shah (@Kritika__shah) July 31, 2021