अफगानिस्तानमा रकेट हमला
सहयात्रा टिभी
काठमाडौं । साउन १७, अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला भएको छ ।
विमानस्थलमा तीनवटा रकेट प्रहार भएको यसमध्ये दुईवटा रनवेमा खसेर बिस्फोट भएको रिपोर्टसहरुले जानएका छन् ।
शनिबार राति भएको हमलामा कसैेले ज्यान गुमाएको समाचार भने बाहिरिएको छैन । हमलापछि सबै उडान रद्द गरिएको छ । तालिवानले हमला गरिरहेको हुनसक्ने आशंका गरिएको छ । किनकी, तालिवानी लडाकुहरुले हेरात, लस्कर गाह र कन्दहरलाई चारैतर्फबाट घेरा हालेका बेला यो आक्रमण भएको छ ।