यस वर्षको ‘बासुदेव लुइँटेल पुरस्कार’हाँस्य कलाकार किरण केसीलाई

काठमाडौं । साउन १७, हाँस्य कलाकार किरण केसी (ए राता मकै)लाई यस वर्षको ‘बासुदेव लुइँटेल पुरस्कार’बाट सम्मान गरिने भएको छ ।
कलाकार केसीलाई ‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ले नगद १ लाख ११ हजार १११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्रसहित सम्मान गर्ने निर्णय गरेको हो ।