दीपक र दीपासँग भुवन केसीको सम्बन्धमा दरार

काठमाडौं । साउन १७, पछिल्लो समय दीपक र दीपासँग भुवन केसीको सम्बन्धमा दरार आएको चर्चा चलिरहेको छ ।
एकअर्काका ब्यानरलाई लिएर उनीहरूबीच सम्बन्ध चिसिएको खबर सार्वजनिक भएको थियो ।
तर अहिले आएर यी दुवैले आफूहरूको सम्बन्ध राम्रो रहेको दावी गरेका छन् । उनीहरूले आफूहरूबीच सम्बन्ध बिग्रिएको कुरा अस्वीकार गरेका हुन् ।
दीपाले लकडाउन अघि भुवनको ब्यानरसँग टिमअप गर्ने तयारी भए पनि सम्भव नभएको बताइन् । उनले अहिले पनि उस्तै सम्बन्ध रहेको बताउँदै पुनः टिमअपको तयारीमा रहेको जानकारी दिइन् ।
भुवनले पनि अनमोल र दीपकराज गिरीलाई लिएर चलचित्र निर्माण तयारी गरेको बताए पनि टिमअप भने हुन सकेको छैन ।