आइफोन १२ सिरिजको मूल्य घट्यो

काठमाडौं । साउन १७, आइफोन बिक्रेता इभो स्टोरले आइफोन १२ सिरिजको २ वटा मोडेलको मूल्य समायोजन गरेको छ ।
आइफोन १२ सिरिजका ४ वटा मोडलमध्ये १२प्रो र १२प्रो म्याक्सको मूल्य समायोजन गरेको हो ।
त्यसैगरी १ लाख ६९ हजार ९०० रुपैयाँ पर्ने १२प्रोको १२८ जिबी भेरियन्टको मूल्य समायोजन गरेर १ लाख ६३ हजार ३०० रुपैयाँ बनाइएको छ भने १ लाख ८६ हजार ९०० रुपैयाँ पर्ने १२ प्रोको २५६ जिबी भेरियन्टको मूल्य अहिले १ लाख ७९ हजार ९०० रुपैयाँ गराइएको छ ।
यसैगरी १ लाख ८५ हजार ९०० रुपैयाँ पर्ने १२ प्रो म्याक्सको १२८ जिबी भेरियन्टको मूल्य अहिले १ लाख ७९ हजार ९०० रुपैयाँ गराइएको छ । साथै २ लाख २ हजार ९०० रुपैयाँ मूल्य पर्ने १२ प्रो म्याक्सको २५६ जिबी भेरियन्टको मूल्य अहिले १ लाख ९६ हजार ९०० रुपैयाँ गराइएको छ ।