पहिरोले भैँसे–भीमफेदी सडकखण्ड अवरुद्ध

मकवानपुर । साउन १८, आज बिहानैदेखि भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा पहिरोले यातायात सेवा अवरुद्ध भएको छ ।
भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैँसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए ।