सुजिकीको नयाँ स्कुटर नेपाली बजारमा

काठमाडौं । साउन १८, सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।
यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटरमध्येमा पर्दछ । एक्सेस स्कुटरमा आगाडी ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आराम्दाइ यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ ।
हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ ।
नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात् बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन गर्न सकिन्छ ।
२ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ ।
एस मा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरियेको छ र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्टसमेत जडान गरिएको छ । सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढी रुकचाइएको रङ भने निलो मानिएको बताईएको छ ।