बुद्ध एयरको पोखरा–नेपालगन्ज उडान सुरु

काठमाडौं । साउन १८, निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले नेपालगन्ज पोखरा नियमित उडान सेवा सुरु गरेको छ ।
पहिलो उडानमा पोखराबाट १८ यात्रु बोकेर नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बुद्ध एयरको १८ सिटे ‘विच’ विमानका चालक दल, यात्रुलाई स्वागत गरिएपछि नेपालगञ्जबाट पोखरा जाने १७ यात्रुलाई विदाई समेत गरिएको थियो ।
पहिलो चरणमा सातामा तीन दिन (आइतबार, बुधबार र शुक्रबार) १८ सीट क्षमताका जहाजबाट उडान सञ्चालन हुने तालिका बनाईएको बुद्ध एयर नेपालगन्जका स्टेसन म्यनेजर बिनित शाहले बताए ।
नेपालगन्ज पोखरा उडान सञ्चालनका लागि नाटा बाँकेको पहलमा गत फागुन ७ गते सीता एयरको नाइन एन–एएचआर चार्टर विमान पोखरा उडेको थियो । अहिले बुद्ध एयरले सातामा ३ दिन उडान सञ्चालन गरेपछि विश्वका विभिन्न देशबाट पोखरा आएका पर्यटक सिधै बाँके बर्दिया घुम्न आउने भएकाले यहाँको पर्यटन क्षेत्रको विकास हुने नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलको भनाइ रहेको छ ।