फिल्म ‘लभ सर्कल’ डिजिटल प्लेटफर्ममा रिलिज हुने

काठमाडौं । साउन १८, फिल्म ‘लभ सर्कल’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ ।
अभिनेता मुकुन भुषाल र नाजिर हुसेनको मूख्य अभिनय रहेको यस फिल्मको फस्टलुक पोष्टर पनि सार्वजनिक भएको छ ।
त्यस्तै कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको यस फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । यस फिल्म अब साउन २९ गते डिस होमको च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउनेछ ।