अमेरिकी अवार्डमा छानियो नेपाली हरर फिल्म ‘कठपुतली’

काठमाडौं । साउन १८, नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा छनोट भएको छ ।
आउँदो सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको यो फिल्म सेप्टेम्बर २६ तारिखमा त्यहाँ प्रदर्शन हुनेछ ।
त्यस्तै फिल्मका निर्देशक भीमसेन लामाले संसारकै प्रतिष्ठित फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु नेपाल र नेपाली फिल्मका लागि गर्वको कुरा रहेको बताए ।
पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।