मौसम जानकारीः यी क्षेत्रमा भारी वर्षा

सहयात्रा टिभी

काठमाडौं । साउन २०, आज देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले जनाएका छन्।

सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको छ।

मौसमविद्का अनुसार वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी, प्रदेश १ र २ का केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ। अहिले प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा पानी परिरहेको छ।

भोलि भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ।

मौसमविद्ले अबको केही दिन देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने बताएका छन्। यतिबेला देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली छ।

प्रकाशित : 4 August, 2021

प्रतिक्रिया दिनुहोस्