साउथ इन्डियन स्टार अल्लु अर्जुनको चलचित्र‘पुष्पा’ क्रिसमसमा रिलिज हुने

काठमाडौं । साउन २०, साउथ इन्डियन स्टार अभिनेता अल्लु अर्जुनको निकै प्रतिक्षित चलचित्र ‘पुष्पा’ को रिलिज डेट सार्वजनिक भएको छ ।
क्रिसमसको अवसरमा चलचित्रको पहिलो भाग रिलिज हुनेछ । चलचित्र हिन्दी भाषासहित पाँच भाषामा रिलिज हुने बताइएको छ । बक्स अफिसमा पुष्पाले अमिर खान अभिनित चलचित्र ‘लालसिंह चड्डा’सँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै चलचित्रमा अल्लु अर्जुनबाहेक रश्मिका मंदाना, फहद फासिल, सुनिल, प्रकाश राज, दिपक शेट्टी लगायतका कलाकारको पनि अभिनय रहेको छ भने चलचित्रको दोस्रो भाग भने सन् २०२२ मा रिलिज हुनेछ ।