अब नेपाली बजारमा पनि होण्डा सीबी ३५० आरएस

सहयात्रा टिभी

काठमाडौं । साउन २०, नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डाको सीबी ३५० आरएस नेपाली बजारमा भित्राएको छ ।

यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ भने एडभान्स डिजिटल एनालगमिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज लगायतका विशेषता रहेको कम्पनीले बताएको छ ।

स्थानी बजारमा यो बाईकको मूल्य ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित : 4 August, 2021

प्रतिक्रिया दिनुहोस्