इचङ्गुनारायण मन्दिरबाट राधा र कृष्णका ४ वटा मूर्ति चोरी

काठमाडौं । साउन २०, काठमाडौं उपत्यकामा रहेका चार नारायणमध्ये सबैभन्दा कान्छो नारायण भनेर चिनिने नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट राधा र कृष्णका ४ वटा मूर्ति चोरी भएको छ ।
चोरी भएका मूर्ति सूर्यमान श्रेष्ठ र वाइके पाण्डेले मन्दिरमा चढाएका थिए ।
मन्दिरको मुख्य भवनको ग्रिल र झ्यालको जाली उप्काएर मुल मूर्तिसँगै रहेका ढलोटका मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले बताए ।