चीनमा स्कुलमा अध्ययनरत विद्यार्थी खोप अभियान
सहयात्रा टिभी
काठमाडौं । साउन २०, चीन सरकारले पछिल्लो पटक सुरु गरेको खोप अभियान स्कुलमा अध्ययनरत विद्यार्थी लक्षित गरेको छ ।
डेल्टा भेरियन्टको संक्रमण रोक्न चीनले १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लक्षित खोप अभियान सुरु गरेको हो ।
चीनको १६ वटा प्रान्तहरु र केही नगरपालिकामा डेल्टा संक्रमण फैलिसकेको छ ।
चीनको शिक्षा मन्त्रालयले स्थानीय अधिकारीहरुलाई स्कुलका विद्यार्थी केन्द्रित खोप अभियान चलाउन निर्देशन दिएका छन् ।
चीन सरकारले यो बर्षको अन्त्यसम्ममा आफ्ना ८५ प्रतिशत नागरिकलाई खोप दिइसक्ने लक्ष तय गरेको छ ।