टर्कीको जंगलमा एक सातादेखि लगातार आगलागी (फोटो फिचर)

काठमाडौं । साउन २१, दक्षिण युरोपको हिटवेभका कारण टर्कीका जंगलमा एक सातादेखि लगातार भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।
टर्कीमा भएको आगलागीमा अहिलेसम्म देशको पश्चिमी भागको झन्डै तीन हजार हेक्टर जंगल जलेको छ।
त्यस्तै राष्ट्रपति रसिप तय्यिप एर्डोगनले आगलागी नियन्त्रणमा ५१ हेलिकप्टर, २० वटा जहाज र सयौं अग्निनियन्त्रक खटिएको बताएका छन्।
छिमेकी ग्रिसमा पनि अग्निनियन्त्रकहरूलाई जंगलको आगो निभाउन हम्मेहम्मे परिरहेको छ भने दर्जनौं मानिसहरू घाइते भएका छन्।