गुल्मीमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु

सहयात्रा टिभी

गुल्मी । साउन २१, गएराती गुल्मीको सत्यवती गाउँपालिका–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक रुरुक्षेत्र गाउँपालिका–५ का ३३ वर्षीय दीपक माझीको मृत्यु भएको हो ।

चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

 

प्रकाशित : 5 August, 2021

प्रतिक्रिया दिनुहोस्