बिहीबार सुनको मूल्य स्थिर

सहयात्रा टिभी

काठमाडौं । साउन २१, नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज सुन बुधबारकै मूल्यमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य भने घटेको छ । तोलामा १० ले घटेको चाँदी आज तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार २८५ मा कारोबार भएको थियो ।

प्रकाशित : 5 August, 2021

प्रतिक्रिया दिनुहोस्