सनराइज बैंकका थप ३ वटा शाखा

सहयात्रा टिभी

काठमाडौं । साउन २१, सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको बयलकाँडा, कैलालीको जानकी गाउँपालिका खैरीफाँटा र कैलालीकै टिकापुर नगरपालिका धनसिंहपुरमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको छ ।

शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८२ पुगेको छ ।

सो स्थानहरुमा सेवा सञ्चालनका लागि बैंकले बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

 

 

 

 

प्रकाशित : 5 August, 2021

प्रतिक्रिया दिनुहोस्