कोरोना अपडेटः नेपालमा थप ३,९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन २१, पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । तीमध्ये ९ हजार ९९४ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

 

 

 

प्रकाशित : 5 August, 2021

प्रतिक्रिया दिनुहोस्