सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । साउन २२, नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाला सुनको मूल्य तोलामा ९२ हजार रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएकोमा आज ५ सयले घटेको हो ।

त्यस्तै आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 6 August, 2021

प्रतिक्रिया दिनुहोस्