भोलि शनिबारबाट मास्क अभियान सुरु

सहयात्रा टिभी

काठमाडौं । साउन २२, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सुरु गर्ने भएको छ ।

मन्त्रालयले शुक्रबार गरेको भर्चुयल पत्रकार सम्मेलन गरी संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउन देशव्यापी रुपमा मास्क अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइयो ।

एक सातासम्म सञ्चालन हुने सो अभियानमा मास्क लगाउने उपाय, महत्ववारे जनचेतना फैलाउने उद्देश्य राखिएको जानकारी दिइयो ।

 

प्रकाशित : 6 August, 2021

प्रतिक्रिया दिनुहोस्