सुनको मुल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । साउन २४, नेपाली बजारमा आज सुनको मूल्यमा १ हजार ५ सय रुपैयाँको गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार २ सय ६५ रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

प्रकाशित : 8 August, 2021

प्रतिक्रिया दिनुहोस्