चार कम्पनीको आईपीओ आउँदै

सहयात्रा टिभी

काठमाडौं । साउन २४, केहि दिनभित्रै विभिन्न चार कम्पनीको आईपीओ बिक्री खुल्ला हुँदैछ ।

मानुषी लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, साहस उर्जा लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडले केहि दिनभित्र आईपीओ बिक्री खुला गर्ने भएका हुन् ।

न्यादी हाइड्रोपावर लिमिटेडः
न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू। १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गर्न लागेको हो ।

यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

मानुषी लघुवित्तः
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गते देखि सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबर रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कुल कित्तामध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र ५ प्रतिशत दरको १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।

साहस उर्जा लिमिटेडः
साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू। १०० अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि विक्री गर्न लागेको हो ।

यो आईपीओ छिटोमा भदौ ११ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडः
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा विक्री गर्न लागेको हो ।

प्रकाशित : 8 August, 2021

प्रतिक्रिया दिनुहोस्