साम्राज्ञी र कलाकार जितु नेपालको जोडी बाँधिने

सहयात्रा टिभी

काठमाडौं । साउन २४, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लण्डनमा बसोबास गर्दै आएका कपिल रिजालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्ट साइन गरेकी छिन् ।

यो चलचित्रमा साम्राज्ञीको जोडीको रुपमा कलाकार जितु नेपालले काम गर्ने पक्का भएको छ ।

भदौको १५ गतेबाट चलचित्रको छायांकन गर्ने लक्ष्य निर्माणपक्षले राखेको छ । चलचित्रमा कलाकार विजय बरालको पनि अभिनय रहने पक्का भएको छ । चलचित्र ‘ड्रिम्स’मा लगानी गरेका कपिलले यही चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन् । जितुसँग जोडी बाँधिन लागेकोमा साम्राज्ञी पनि खुशी छिन् ।

 

प्रकाशित : 8 August, 2021

प्रतिक्रिया दिनुहोस्