नागढुंगाबाट यार्सागुम्बासहित एक व्यक्ति पक्राउ
सहयात्रा टिभी
काठमाडौं । साउन २४, अवैध तरिकाबाट ल्याएको जडिबुटी यार्सागुम्बा, सिलाजित र केशरीसहित प्रहरीले काठमाडौंको नागढुंगा चेकप्वाइन्टबाट जुम्लाका २४ वर्षीय तुला कामीलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार काँकडभिट्टाबाट काठमाडौं आउदै गरेको ना.७ ख २१११ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा कामीका साथबाट ४१२ ग्राम यार्सा, ६५० ग्राम सिलाजित र १ सय ग्राम केशरी बरामद गरिएको हो ।


