कोरोना अपडेटः थप ५५ कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन २४, नेपालमा थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

फाइल तस्वीर

पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ५५ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १० हजार ९३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित : 8 August, 2021

प्रतिक्रिया दिनुहोस्