थप १२ वटा चिया उद्योग तथा विक्रेताले पाए नेपाली चियाको ट्रेडमार्क

सहयात्रा टिभी

झापा । साउन २५, देशका थप १२ वटा चिया उद्योग तथा विक्रेताले नेपाली चियाको ट्रेडमार्क पाएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले थप १२ वटा चिया कम्पनीलाई ट्रेडमार्क उपलब्ध गराएसँगै अब २४ वटा उद्योगले नेपाली अर्थोडक्स चिया आफ्नै लोगोसहित विश्व बजारमा निर्यात गर्नेछन् ।

त्यस्तै बोर्डले यस वर्ष इलाम, पाँचथर र मोरङका चिया उद्योग र विक्रेतालाई ट्रेडमार्क दिएको हो । अर्गानिक प्रमाणीकरण भएका तीनजुरे चिया उद्योग, नेपाल स्मल टि, लक्ष्मी टि इन्डष्ट्रिज, आरुबोटे टि स्टेट, अर्गानिक नेपाली टि इन्डष्ट्रिज, ग्रीनहिल अर्थोडक्स चिया प्रशोधन उद्योग, माङमालुङ टि स्टेट, ग्रीन भ्याली टि प्रालि, मातृभूमि टि स्टेट, इलाम टि हाउस, कञ्चनजंघा टि स्टेट र ब्रदर्श अर्थोडक्स टिले एकै पटक ट्रेडमार्क पाएका छन् ।

प्रकाशित : 9 August, 2021

प्रतिक्रिया दिनुहोस्