कैलालीमा मोटरसाइल दुर्घटनाः एक जनाको मृत्यु
सहयात्रा टिभी
कैलाली । साउन २५, कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बर्दगोरिया गाउँपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा से७प ८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो ।
दुुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।


