नेपालका पहिलो सिनेमेटोग्राफर चित्रकारको निधन

सहयात्रा टिभी

काठमाडौं । साउन २५, नेपालका पहिलो सिनेमेटोग्राफर बखत बहादुर चित्रकारको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ ।

निमोनिय रोगबाट ग्रस्त हुनुभएको ललितपुरको दिर्घायु अस्पतालमा एक साता उपचार गराएपछि निको भएर उहाँ हिजोमात्रै पुतलीसडकस्थित निवास फर्कीनुभएको थियो ।

भारतको बम्बईबाट छायाँकान सम्बन्धी तालिम लिनुभएका चित्रकारले ‘एक झलक’ भन्ने हिन्दी चलचित्र पनि खिच्नुभएको थियो । नेपालमा भने उहाँले वृत्तचित्रहरु छायांकनमा बढी योगदान गर्नुभएको छ ।

प्रकाशित : 9 August, 2021

प्रतिक्रिया दिनुहोस्