बरिष्ठ कलाकार तथा चन्दा प्रोडक्सनका सल्लाहकार मदनदास श्रेष्ठलाई बधाई तथा शुभकामना

काठमाडौ । साउन २५, नेपाल फिल्म सोसाइटीको आयोजनामा प्रधानमन्त्रीको अध्यक्षतामा गठित नेपाल राष्ट्रको विभूषण छनौट समितिको सदस्यमा नेपाल सरकारबाट मनोनीत हुनुभएको चन्दा प्रोडक्सनको सल्लाहकार, बरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठलाइ बधाई ज्ञापन तथा शुभकामना प्रदान गरीएको छ ।
धरहरा ट्रेडर्सले प्रायोजन गरेको सो कार्यक्रममा नेपाल फिल्म सोसाइटिका संरक्षक शोभित उप्रेती, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, चलचित्र कलाकार द्वन्द संघका अध्यक्ष नारायण प्रधान, नेपाल फिल्म सोसाइटि अमेरिकाका अध्यक्ष नबराज श्रेष्ठ, निर्माता तथा अभिनेता मदु कुमार श्रेष्ठ, गायक शंकर लाल श्रेष्ठ, लगायत अरु पनि थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, नेपाल फिल्म सोसाइटिका केन्द्रिय अध्यक्ष बरिष्ठ अभिनेता कृष्ण मल्लको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा बरिष्ठ कलाकार एवं विभूषण छनौट समितिको सदस्य मदनदास श्रेष्ठदले उक्त अवसरमा आफुले आफ्नो कार्यकालको समयभरि निष्पक्ष जिम्मेवारी निभाउने तथा विभूषणबाट विभूषितहरुलाई मरणोपरान्त समेत राष्ट्रिय सम्मानको लागि पहल गर्ने बताउनुभयो ।