सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । साउन २५, नेपाली बजारमा सुनको भाउ सस्तो भएको छ ।

छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

आजका लागि तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ ।

आइतबार ८९ हजार ५५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको बजार मूल्य एक हजार २२५ रुपैयाँ छ ।

प्रकाशित : 9 August, 2021

प्रतिक्रिया दिनुहोस्