चार वटा युनिटबाट विद्युत् उत्पादनः माथिल्लो तामाकोसी

सहयात्रा टिभी

काठमाडौं । साउन २५, माथिल्लो तामाकोसीका चार वटा युनिटबाट विद्युत् उत्पादन सुरु गरीएको छ ।

योसँगै तामाकोसीको ३ सय ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ ।

त्यस्तै तामाकोसीको उत्पादन जोडिएसँगै प्राधिकरणको जडित क्षमता १७५० मेगावाट पुगेको छ । माथिल्लो तामाकोसीको ४५६ मेगावाटनै प्रणालीमा जोडिदा १९०० मेगावाट जडित क्षमता पुग्ने छ । जडित क्षमता भन्दा २०० मेगावाट बढी विद्युत् अहिले पनि खेर जाने अवस्था देखिन्छ ।

तर १०० मेगावाट बराबरका कुलेखानी जलाशयका परियोजना आवश्यकता अनुसार मात्रै चलाउने हुँदा जडित क्षमतामा जोडिए पनि दैनिक खपतमा यसलाई अन्य आयोजना सरह जोड्न नमिल्ने भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराइले बताउनुभयो ।

त्यसैगरी मादी करिडोरमा ५० मेगावाटका आयोजना पनि मर्मतका लागि बन्द रहेकोले अहिले अधिकतम उत्पादन र खपत बराबरको अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । २४ घण्टा एक नासले विद्युत् खपत हुँदैन । सबै आयोजनाले २४ घण्टा एकैनासले विद्युत् उत्पादन पनि गर्दैनन् । अहिले खेर जाने विद्युत् भनेको रातको समयमा मात्रै हो ।

 

प्रकाशित : 9 August, 2021

प्रतिक्रिया दिनुहोस्