धमला पत्नी एलिजाको फोटोशुट (फोटो फिचर)

काठमाडौं । साउन २५, पत्रकार ऋषी धमलाको पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् ।
एलिजालाई सानैदेखि पढाइमा भन्दा पनि नाच्न र गाउनमा बढी सोख थियो । घरमा उनले नाचगानबाट जितेका पुरस्कार र मेडलहरू अनगिन्ती छन् ।
रंगीचंगी सपना देख्ने एलिजाको मनलाई घरको वातावरण र बाबुआमाको व्यवहारले काँच्चै खाइदिन्थ्यो । बुबाआमाले भनेको कुरा जे पनि मानिहाल्ने छवि भएको कारण पनि उनले आफ्ना रंगीन सपनाबारे बुबाआमालाई भन्ने आँट गर्न सकिनन् ।
एक चियापान कार्यक्रममा उनकी आमाले एलिजालाई पनि सँगै लिएर गइन् । एलिजालाई थाहा थिएन त्यो भेटले उनको जीवन नै परिवर्र्तन हुँदै छ भनेर । सो कार्यक्रममा एलिजाको पत्रकार ऋषि धमलासँग भेट गराइदिइन् । सायद एलिजाको विवाहको कुरा मिलाउन नै तयार गरिएको भेट थियो त्यो ।
उनले एसएलसी दिनेबित्तिकै त्यो १८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् । फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने निकै ब्यस्न बनेकी छन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ ।