खोप लगाएपछि यसकारण शरीरमा फलाम टाँसिदो रहेछः डा. कल्याण (भिडियो सहित)

काठमाडौं । साउन २५, पछिल्लो समय भारतमा अरविन्द सोनार नाम गरेका एक ब्यक्तिले कोभिड–१९ विरुद्दको खोपको दुबै मात्रा लिए पछि उनको शरीर चुम्बक बन्यो तथा फलामका बस्तु शरीरमा टाँसिन थालेको रोचक घटना भाईरल भएको थियो ।
उनले प्रमाण पेस गर्नका लागि शरीरमा स्टिलका सिक्का, चम्चा, प्लेटलगायत वस्तु टाँसिएको अवस्थामा एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
यसबारे अमेरीकामा रहेका डाक्टर कल्याण सुवेदीले प्रष्ट पारेका छन् । उनी प्रष्ट शब्दमा भन्छन्, यो खोपको कारण होइन । उनी त्यस्ता फलाम टाँस्ने ब्यक्तिहरुलाई नुहाउन, सरीर राम्ररी सुकाउन, कोठाको तापक्रम ब्यवस्थित गर्न र शरीरमा पाउडर लगाउन सल्लाह दिन्छन् ।
हेरौं भिडियोमा डा. कल्याणको सुझाबः