अफगानिस्तानमा रेडियो सम्पादकको हत्या
सहयात्रा टिभी
काठमाडौं । साउन २६, अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेसनका प्रधान सम्पादक टोफान ओमारीको आइतबार काबुलको देह सब्ज जिल्लामा हत्या गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
उनलाई अफगान तालिबान समूहले हत्या गरेको हुनसक्ने प्रशासनले जनाएको छ ।
यद्यपि, ओमारीको मृत्युको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको भने छैन ।
त्यस्तै अफगानिस्तानको खानमा प्रेसले बताएअनुसार स्थानीय बुस्ट रेडियो स्टेसनका प्रधान सम्पादक तथा खोस्ट प्रान्तमा अवस्थित गारगाख्ट टिभी च्यानलका संवाददाता नियाम तुल्लाह हेमतलाई हेलमन्ड प्रान्तको नावा जिल्लामा तालिबान लडाकुहरूले बन्दी बनाएर लगेका थिए । एजेन्सीको सहयोगमा ।