भारतमा सङ्क्रमित घटे

सहयात्रा टिभी

काठमाडौं । साउन २६, भारतमा सोमबार सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको देखिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ४२१ कोरोना सङ्क्रमित थपिँदा ४१ हजार ४५७ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, थप ३७६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

हाल भारतमा ३.८२ लाख सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या गत २३ मार्च यता सबैभन्दा कम हो । त्यति बेला ३.६५ लाख सक्रिय सङ्क्रमित रहेका थिए ।

सोमबार थपिएका सङ्क्रमितको सङ्ख्या १५ मार्च यताकै कम हो । त्यति बेला २४ हजार ४३७ जना सङ्क्रमित फेला परेका थिए । भारतमा हालसम्म ३.१९ करोड सङ्क्रमित भइसकेका छन् भने यसमध्ये ३.११ करोड निको पनि भएका छन् भने सङ्क्रमणबाट ४.२८ लाखले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : 10 August, 2021

प्रतिक्रिया दिनुहोस्