विश्व स्वास्थ्य संगठनले नेपाललाई १८ लाख डलर बराबरको स्वास्थ्य सामग्री सहयोग

सहयात्रा टिभी

काठमाडौं । साउन २६, विश्व स्वास्थ्य संगठनले नेपाल सरकारलाई १८ लाख अमेरिकी डलर बराबरको अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीहरू सहयोग गरेको छ ।

्संगठनले प्रदान गरेको सहयोगमा दुई लाख ५० हजार एम्पल्स डेक्सामेथाजोन, दुई हजार अक्सिजन कन्सनट्रेटर, २४ सयवटा भेन्चुरी मास्क, करिब पाँच लाख अक्सिजन नसल क्यानुला, ६ लाख मास्क र पाँच लाख सर्जिकल ग्लब्ससहितका सामग्रीहरू रहेका छन् । प्राप्त सामग्री नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरूमा वितरण गरिने मन्त्रालयले बताएको छ ।

 

 

 

प्रकाशित : 10 August, 2021

प्रतिक्रिया दिनुहोस्