कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन र मालपोत बन्द

सल्लेरी । साउन २७, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको छ । मङ्गलबार एक सूचना जारी गर्दै सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा मागेको छ ।