यसरी अफ्नो कम्प्यूटरलाई सुरक्षित रख्नुहोस्

सहयात्रा टिभी

काठमाडौं । साउन २७, अहिलेको जस्तो प्रविधिक युगमा अधिकाशं काम कम्प्युटरमा हुने गर्दछ ।

तर त्यहि कम्प्युटर भने कहिलेकाहि स्लो हुने, फाइलहरू हराउने, अटोमेटिक बन्द हुनेजस्ता समस्या देखिन्छन् । कम्प्युटरमा भाइरस घुस्यो भने यसले काममा बाधा उत्पन्न गराउँछ । यसले कम्प्युटरमा राखिएका फाइल हराउन थाल्छ । कतिपय समयमा भाइरसले कम्प्युटर आफैँ बन्द हुन्छ ।

केही सावधानी अपनाए कम्प्युटरलाई भाइरस लाग्नबाट बचाउन सकिन्छ । यसकालागि तलका निम्न लिखित उपाउहरु अपनाउन सकिन्छः

–इन्टरनेटबाट अनावश्यक सफ्टवेयर डाउनलोड नगर्ने अन्यथा प्राइभेट सफ्टवेयरहरू कपी गर्दा नेटवर्कबाट डाटाहरू एक्सचेन्ज गर्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ ।

–कम्प्युटरमा भाइरस लाग्दा कम्प्युटर खुल्न बढी समय लाग्छ ।

–इमेलबाट पनि कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ । नचिनेको इमेल चेक गर्दा कम्प्युटरमा भाइरस लाग्न सक्छ । त्यसैले जोकोहीले पठाएको इमेल चेक गर्नु हुँदैन ।

–बजारबाट किनेर ल्याएका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना बढी हुन्छ ।

कम्प्युटरलाई जुनसुकै भाइरसबाट बचाउन एन्टिभाइरस राख्नुपर्छ । एन्टिभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । एजेन्सीको सहयोगमा

प्रकाशित : 11 August, 2021

प्रतिक्रिया दिनुहोस्