केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्पले डसेमा तुरुन्तै यी उपायहरु अपनाउनु होस्

सहयात्रा टिभी

काठमाडौं । साउन २७, मनसुन सुरु भएसंगै सर्प बाहिर निस्कने र यसले मानव बस्ति र घरमा आश्रय लिने भएकाले यसको टोकाइको जोखिम बर्षायाममा बढि हुन्छ ।

सर्पको विष हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक गरी ३ प्रकारको हुन्छ । पहिलो हिमोटोक्सिक बिष पाउने सर्पको टोकाइले रक्त कोशिकामा आक्रमण गर्दछ जसका कारण शरिरमा थुप्रै स्थानबाट रक्तश्राव हुन्छ र रगतको बान्ता हुने गर्दछ । त्यस्तै न्यूरोटक्सिक बिष भएको सर्पको टोकाइले शरिरको स्नायू प्रणालीमा आक्रमण गर्दछ ।

सर्पले टोकि हालेमा अपनाउनु पर्ने घरेलु उपाय यस्ता प्रकारको रहेका छन्ः

–घाइतेलाई सुत्न (निदाउन) नदिने । निदाउन लागेको खण्डमा पानि छ्यापेर भएपनि उठाउने ।

–सुई निकालिएको इन्जेक्सनले सर्पले टोकेको स्थानबाट ५/७ पटक रगत तान्नुहोस् ।

–घाउलाई चिसो पानीले पखाल्नुहोस् र सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्दा संक्रमणको खतरा कम हुन्छ ।

–चिसो माटोको पट्टी बनाएर टोकेको स्थानमा राख्दै हरेक १० मिनेटमा परिवर्तन गर्ने ।

–दुधमा गाइको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।

–लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुन्छ साथै मूलाको पात रगढ्दा जलन कम हुन्छ ।

तर स्मरण राख्नुहोस्, सर्पको टोकाइ घरभित्रको उपचारले निको हुदैँन । यसकालागि अनिवार्य अस्पताल अझ सर्पदशं अस्पताल जानैपर्छ ।

प्रकाशित : 11 August, 2021

प्रतिक्रिया दिनुहोस्