सुनको मूल्य फेरि घट्यो

सहयात्रा टिभी

काठमाडौं । साउन २७, सुनको मूल्यमा बुधबार पनि गिरावट आएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा झरेको छ भने चाँदी पनि थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ ।

मंगलबार बजारमा सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

यता तेजाबी सुनको मूल्य समेत बुधबार ८८ हजार ३५० रुपैयाँमा झरेको छ ।

प्रकाशित : 11 August, 2021

प्रतिक्रिया दिनुहोस्