सिरहामा ट्याक्टर दुर्घटनाः एक युवकको मृत्यु

काठमाडौं । साउन २७, सिरहामा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
धनगढीमाई नगरपालिका ७ गागनखोला नजिकै स.१त.५९३५ नम्बरको ट्याक्टर आज विहान पल्टिदा गोलबजार नगरपालिका १ निपाने का ३० वर्षीय अरुण यादवको मृत्यु हो ।
रातिको समयमा बालुबा लिन गएको बेला ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ । शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।